२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

DIG सुवेदीले गरे IGP लाई ब्रिफिङ निर्मलाको हत्यारा पत्ता लागेको दावी

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले ब्रिफिङ गरेका छन्।

सोमबार डिआईजी सुवेदीले प्रहरी प्रधान कार्यालयमा आईजीपी क्षेत्रीसँग भेट गरेका थिए। लामो समयसम्म निर्मलाको हत्यारा पत्ता लगाउन असफल भएपछि चौतर्फी आलोचना खेप्दै आएको प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाएको दावी गरेको छ।

प्रहरी स्रोतका अनुसार आईजीपीसँगको भेटमा डिआईजी सुवेदीले निर्मला प्रकरणबारे ब्रिफिङ गरेका छन्। सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएको आईजीपीलाई भनेका थिए।
‘भेटको क्रममा आईजीपीले एक हप्ताभित्र केस सुल्झाउन निर्देशन दिएका छन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो। आईजीपीको निर्देशनलगत्तै सुवेदीले निर्मलाको हत्यारालाई सार्वजनिक गर्नेछन्।

निर्मला प्रकरणबारे अनुसन्धानको सुरुदेखि अन्त्यसम्मको घटनाबारे आईजीपीलाई ब्रिफिङ गरेका थिए। निर्मलाको हत्यारा भनेर पुष्टि गर्ने आधारहरु अनुसन्धानको क्रममा कसरी खुल्योरु बलात्कारपछि हत्या गर्नुको कारणबारे सबै कुरा आईजीपीलाई सुनाएका थिए।

भेटका क्रममा सुवेदीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनाको सफल अनुसन्धान बारेमा पनि आईजी क्षेत्रीलाई ब्रिफिङ गरेको जनाइएको छ ।

प्रहरी स्रोतकाअनुसार अझै पनि हत्याराको आरोपी व्यक्ति पक्राउ भने परेका छैनन् आईजीपीको निर्देशनपछि हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने। हत्यारा प्रहरीको कडा निगरानीमा रहेको बताइएको छ। लामो समयपछि निर्मला प्रकरणमा सफलता मिलेको दाबी गरेको सुदूरपश्चिम प्रहरीले अनुसन्धानका क्रममा पूर्व प्रहरीहरूको पनि सहयोग लिएको स्रोतको दाबी छ। डिआईजी सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएका थिए।

स्थानीयसँगै लामो समय घुलमिल गरेका प्रहरीले हत्यारा पत्ता लगाएको र छिट्टै सार्वजनिक गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश प्रहरी छ। ‘निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सरकार र प्रहरी संगठनलाई टाउको दुखाईको बिषय बनेको थियो – निर्मला प्रकरण । केही प्रहरीलाई अभियुक्त बस्न सक्ने सम्भावित ठाँउको पहिचान गरी विभिन्न भेषमा परिचालन गरिएको थियो। त्यहाँका लागि सादा पोशाकका प्रहरी लामो समयदेखि स्थानीयसँग घुलमिल गरेका थिए। निर्मलाको गत १० साउन २०७५ मा घरनजिकैको उखुबारीमा शव फेला परेको थियो। महेन्द्रनगर पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विधेयकमा दुर्घटना, चोटपटक, अंगभंग, मृत्यु र मालसामानको क्षतिपूर्ति व्यवस्था समेटेको छ, जसमा क्षतिपूर्ति रकम पाँच गुणा वृद्धि गरिएको छ। यस विधेयकमा यात्रु, मालसामान र उडान रद्द वा स्थगनको व्यवस्था समेत समेटिएको छ, र सर्वसाधारणले राय सुझाव दिन सक्ने व्यवस्था छ। सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज […]

error: Content is protected !!