०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

पत्रकार महासंघ बर्दियामा साझा प्यानलबाट अध्यक्ष पदमा यादव आचार्य, उपाध्यक्षमा भावुक योगी लगायत टिमको उम्मेदवारी

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

(महेन्द्र सिंह)
बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको चैत्र २५ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको साझा ब्यवसायिक प्यानलबाट अध्यक्ष पदमा यादव आचार्यले उम्मेदवारी दिनुभएको छ । आचार्य करिब डेढ दसक देखि पत्रकारीतामा सकृय रहनु भएको छ । उहाँ अन्नपूर्ण पोस्ट दैनिक र एपी वान टेलिभिजनमा आवद्ध हुनुहुन्छ । उहाँ तीन कार्यकाल पत्रकार महासंघमा रही काम गरिसक्नुभएको छ ।   पत्रकार महासंघ बर्दियाको साझा ब्यवसायिक प्यानलबाट उपाध्यक्षमा चिरञ्जीवी भावुक योगी उम्मेदवार हुनुहुन्छ । योगी करीब डेढ दसक देखी पत्रकारीता क्षेत्रमा आवद्ध हुनुहुन्छ । रेडियो टाइगर एफएम, रेडियो उज्यालो लगायतका मिडियामा आबद्ध हुनुहुन्छ । त्यस्तै सचिवमा सन्तोष पौडेल, सह-सचिव(खुला) मा विष्णु प्रसाद अधिकारी, सह-सचिव(समावेशी)मा प्रभुराम चौधरी, कोषाध्यक्षमा शितल थापा, सदस्य(खुला)मा दुर्गा आचार्य, दिपकलाल श्रेष्ठ, सरोज कामत,अनोज थारु, सदस्य(दलित)- रावन विश्वकर्मा, सदस्य(जनजाती)- हरी गुरुंग, सदस्य(समावेशी)- टिकाराम थारुले उम्मेदवारी दिनुभएको छ । यता केन्द्रिय परिषद सदस्यमा खुला तर्फबाट बद्री सिग्देल र मेघराज सिग्देल हुनुहुन्छ । प्रेस युनियनका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पत्रकार बद्री सिग्देल करीब दुई दसक देखि पत्रकारीता क्षेत्रमा आबद्ध हुनुहुन्छ । त्यस्तै मेघराज सिग्देल मोफसल पत्रकारीताका स्तम्भका रुपमा करीब दुई दसक देखि कार्यरत हुनुहुन्छ । यता लुम्बिनी प्रदेश परिषद सदस्यमा बिष्णु प्रसाद तिमिल्सिना, डोलराज सिग्देल, सञ्जय आचार्यले उम्मेदवारी दिनुभएको छ ।
सांगठनिक-ब्यवसायिक बिकास, पत्रकारको भौतिक सुरक्षा, श्रमजीवीको पारिश्रमीक निर्धारण लगायत जनताको सुचनाको हक स्थापितगर्दै लोकतन्त्र रक्षार्थ लडाइँ हाँक्ने साझा प्रतिवद्धताका साथ साझा ब्यवसायिक प्यानलबाट पत्रकार महासंघ बर्दियामा उम्मेदवारी दिइएको अध्यक्ष उम्मेदवार यादव आचार्यले बताउनु भएको छ । निर्वाचनका क्रममा विभिन्न भ्रमपूर्ण विज्ञप्तीहरु सार्वजनिक भएको तर्फ आफ्नो प्यानलको ध्यानाकर्षण भएको तथा कुनै पनि भ्रममा नपरी निर्धक्क भएर मतदान गर्न आचार्यले अपिल गर्नुभएको छ । निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको साझा ब्यवसायिक प्यानलबाट महिला उपाध्यक्ष मेनका चौधरी, सदस्य मुरली प्रसाद गोडिया, गोमा विष्ट र केन्द्रिय परिषद सदस्य गिता अधिकारी, प्रदेस परिषद सदस्य दिनेशकुमार यादव, ताराबहादुर सुनार र फरक प्यानलबाट प्रदेस परिषद सदस्यमा मानबहादुर चौधरी र्निविरोध विजय हुनु भएको छ । त्यस्तै वरिष्ठ पत्रकार यमनाथ घिमिरे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अन्तर्गतको कोषाध्यक्ष पदमा उम्मेदवार हुनुहुन्छ । घिमिरे करीब ढाई दसकदेखि पत्रकारीता क्षेत्रमा आवद्ध हुनुहुन्छ । हाल उहाँ लुम्बिनी पत्र राष्ट्रिय दैनिक तथा विभिन्न मिडियामा आवद्ध हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!