०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सरकारी कागजात किर्ते गरेको आरोपमा एकजना वकिल पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

 

ABC Sanchar
मकवानपुर । सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले वकिललाई पक्राउ गरेको छ । जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ ।

०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका ४ जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘अधिवक्ता पौडेललाई हामीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले भने– ‘कम्पनी रजिष्टारको कार्यालयका अधिकृतको हस्ताक्षर पनि किर्ते गरेको देखिन्छ ।’

जिल्ला अदालत मकवानपुरबाट ०७५ मा पौडेलको नाममा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आएपछि उनी फरार भएका थिए । भक्तपुर चाँगुनारायण घर भएका उनी वीरगञ्ज कार्यक्षेत्र बनाएर कानुन व्यवसाय गर्दै आएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!