२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आफ्ना उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण पत्रकार हरुलाई आग्रह

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

(ABC Sanchar)
काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घले आह्वान गरेको छ ।

गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व सबैको काँधमा रहेको जनाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिइएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जीएम छन ।

सो गठबन्धनका तर्फबाट विपुल पोखरेल, प्रेस चौतारी नेपाललगायतको गठबन्धनबाट निर्मला शर्मा र पत्रकार गजेन्द्र बुढाथोकीले आ–आफ्नो समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका छन । महासङ्घको केन्द्र, प्रदेश र शाखाको निर्वाचन भोलि बुधबार हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!