०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

राजपुरमा नेरेसोद्वारा ज्योति आविलाई आधुनिक युक्त बेसिन सहितको ट्याङ्की प्रदान

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

 

मेगमन बुढा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमबाट बेसिन सहितको ५०० लिटर क्षमता भएको आधुनिकयुक्त ट्याङ्की प्रदान भएको छ ।

यसअघि उक्त विद्यालयलाई नि:शुल्क रुपमा बेलायत सरकारको गोर्खा वेलफेयर स्किम कार्यक्रमले ३ वटा धारा उपलब्ध गराएको भएपनि बर्खाको समय मुहानमा केही समस्या हुँदा विद्यालयमा पानी खानलाई समस्या हुनेगरेको सो विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो ।

त्यस्तै उहाँका अनुसार सो ट्याङ्की ५०० लिटर क्षमता भएको हुँदा पहिले नै ट्याङ्कीमा पानी भरेर स्टक गरेर राखिएपछि विगतका दिनहरु जस्तै अब समस्या नहुने बताउँनु भएको छ ।

इनकोर कार्यक्रमले ट्याङ्की उपलब्ध गराएपनि केही अपुग पलामबरका सामग्रीहरु विद्यालयले आफ्नो तर्फबाट व्यवस्थापन गरेर उक्त आधुनिक युक्त ट्याङ्की संचालनमा ल्याउन सफल भएको प्रधानाध्यापक शाहीले बताउनु भयो ।

यस्तै उहाँले विद्यालयको तर्फबाट नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाकाद्वारा संचालित इनकोर कार्यक्रमलाई उक्त सामग्री विद्यालयमा आवश्यक ठानेर उपलब्ध गराएकोमा हार्दिक धन्यवाद समेत दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ । महाराजगन्जको वडा नं। २ र ३ को सीमा […]

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

error: Content is protected !!