०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एकीकृत अनेशि संगठनद्वारा ९ बुदे मागसहित राजपुर गापालाई ज्ञापनपत्र

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

(मेघमान बुढा)
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजपुर गाउँपालिकामा विभिन्न ९ बुदे मागसहितको ज्ञापनपत्र बुधबार पेश भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशको सचिवालय सदस्य बिष्णु खत्रीको नेतृत्वमा गएको टोलीले बुधबार राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई कार्यकक्षमै पुगेर शिक्षा सम्बन्धि विभिन्न माग भएको नौ बुदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

त्यस्तै उक्त नौ बुदे ज्ञापनपत्रको मागहरु निम्न रहेका छन् । शिक्षामा कुल बजेटको २० प्रतिशत भन्दा बढी विनियोजित गर्नु पर्ने । राज्यले घोषणा गरे बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क गरियोस् । तहगत तथा विषयगत शिक्षकको व्यवस्थापन गर्नु पर्ने । सबै प्रस्तावित विद्यालयलाई आवश्यक दरबन्दी वा शिक्षक व्यवस्थापन गरियोस् ।

त्यस्तै बुदा नम्बर ५ मा नेपाल शिक्षक महासंघ र नेपाल सरकार तथा राहत शिक्षकहरु संग गरिएको ३० बुदे माग तुरुन्त लागू गर्नु पर्ने । यस्तै बाल विकास तथा विद्यालय कर्मचारीको श्रम एनले तोके बमोजिम प्राश्रमिक वृद्धि गरि दरबन्दी सृजना संगै थायी गर्नु पर्ने । यस्तै बुदा नम्बर ७ मा द्वन्द पीडित तथा अपांग शिक्षकलाई एक उचित न्याय सहितको व्यवस्थापन शिक्षक अस्पतालको स्थापना र सामुदायिक विद्यालयमा निजी श्रोत तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोषको व्यवस्था एवं स्थायी शिक्षकको अस्थायी सेवा अबधिको गणना गर्नु पर्ने ।

त्यस्तै ८ मा उच्च स्तरीय दरबन्दी मिलान तथा पुन:र व्यवस्थापन सुझाव कार्यदलको सिफारिस अनुसार राहत अनुदान साबिक उमावि र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी व्यवस्थापन गरि स्थायी गरियोस् । यस्तै बुदा नम्बर ९ मा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक कर्मचारी तथा केन्द्रको शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दी स्थापना गरि स्थायी गर्नु पर्ने र सो पालिकामा यथाशीघ्र दरबन्दी मिलान गरि शिक्षकको व्यवस्थापन मिलाउने भनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रदेसका सबै पालिकाहरुमा शैक्षिक र पेसागत माग सहित ज्ञापन पत्र बुझाउने कार्य संगठनले गरिरहेको सचिबालय सदस्य खत्रीले बताउनु भयो । उक्त ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यमा राजपुर गाउँपालिका स्तरीय समितिका सहसचिव यज्ञबहादुर वली,सो समितिका सदस्य दिपक नेपाली,साधारण सदस्य जुड्दबहादुर कुमाल दिपेन्द्र कुमार शुक्ल रहनु भएको थियो ।

त्यस्तै उक्त ज्ञापनपत्र बुझ्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले सो ज्ञापनपत्र गाउँपालिका अध्यक्ष सामु पेश गरिने बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!