०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

न्यायाधीशहरु विध्यार्थीहरुसंग न्यायिक संवाद कार्यक्रममा

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७


(तेज वली) दाङ । तुलसीपुर उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।
“छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उप-रजिस्ट्रार मान बहादुर बिष्टले बताउनु भयो ।
माननिय न्यायाधिश ॠषिराम दवाडीको अध्यक्षतामा भएको न्यायिक संवाद कार्यक्रममा प्रमुख अतिथी माननिय न्यायाधिश रमेशराज पोख्रेलले न्यायिक संवाद कार्यक्रममा न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अदालतका रजिस्ट्रार यम बहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको बताउनु भयो । न्यायालयबारे नागरिकका धारणा, सुझाव ग्रहण गर्न साथै न्यायालयका प्रक्रिया र अवस्थाबारे जानकारी गराउन विभिन्न गतिविधि सञ्चालन भइरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले माननिय न्यायाधिशहरु संग विध्यार्थीहरुले यसरी अन्तर्कृया गर्न पाउनु खुशीको कुरा भएको र यसले उनीहरुको थप क्षमता अभिवृद्धि हुन सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मनोज केसी, एकेडेमिक कोर्डिनेटर शरद गौतम, कानुन बिषयगत शिक्षक तुफानबाबु श्रेष्ठ, सोमराज केसी, उत्तम डांगी लगायतको सहभागिता रहेको थियो ।
न्यायिक संवाद कार्यक्रममा विध्यार्थीहरुले विविध कानुनी जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सहजिकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!