०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

न्यायाधीशहरु विध्यार्थीहरुसंग न्यायिक संवाद कार्यक्रममा

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७


(तेज वली) दाङ । तुलसीपुर उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।
“छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उप-रजिस्ट्रार मान बहादुर बिष्टले बताउनु भयो ।
माननिय न्यायाधिश ॠषिराम दवाडीको अध्यक्षतामा भएको न्यायिक संवाद कार्यक्रममा प्रमुख अतिथी माननिय न्यायाधिश रमेशराज पोख्रेलले न्यायिक संवाद कार्यक्रममा न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अदालतका रजिस्ट्रार यम बहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको बताउनु भयो । न्यायालयबारे नागरिकका धारणा, सुझाव ग्रहण गर्न साथै न्यायालयका प्रक्रिया र अवस्थाबारे जानकारी गराउन विभिन्न गतिविधि सञ्चालन भइरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले माननिय न्यायाधिशहरु संग विध्यार्थीहरुले यसरी अन्तर्कृया गर्न पाउनु खुशीको कुरा भएको र यसले उनीहरुको थप क्षमता अभिवृद्धि हुन सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मनोज केसी, एकेडेमिक कोर्डिनेटर शरद गौतम, कानुन बिषयगत शिक्षक तुफानबाबु श्रेष्ठ, सोमराज केसी, उत्तम डांगी लगायतको सहभागिता रहेको थियो ।
न्यायिक संवाद कार्यक्रममा विध्यार्थीहरुले विविध कानुनी जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सहजिकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!