०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर:भण्डारी निर्वाचित

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७


(महेन्द्र सिंह) बाँके । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् ।

भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् ।

आज बिहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए।

त्यस्तै उपाध्यक्षमा संगीन शर्मा बिजयी भएका छन भने महिला उपाध्यक्ष करुणा शाह र सचिबमा केपी ओली निकट प्रेस चौतारीका कमल डाँगी बिजयी भएका छन् ।

त्यस्तै सह-सचिब (समाबेशी) तर्फ हेमन्त चौधरीसह-सचिब खुल्ला तर्फ कृष्ण ओली र कोषाध्यक्षमा बिनोद पौडेल बिजयी भएका छन् ।

यस्तै महिला सदस्य तर्फ साबित्री गिरी दलित सदस्यमा केपी ओली निकट प्रेस चौतारीकी पबित्रा परियार बिजयी भएका छन् । यता आदिवासी जनजाति सदस्यमा राधेश्याम थारु र अल्पसंख्यक सदस्यमा मोहमद जाबेद हलवाई,सदस्य मधेसी तर्फ भिष्म लोधखुल्ला सदस्य जाबेद अहमद शाह, दिनेश ठाकुर, सुनिल रेग्मी, सौरभ गिरी, निर्मल शर्मा, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने (अशान्त) बिजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!