१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ भन्दै हिँड्ने एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो ।

उनले आतंकवाद र तराईको भूमिगत समूहको सूचना सरकारलाई आफुले नै दिने गरेको भनेर भ्रम छर्ने गरेका थिए । राअवीको इन्सपेक्टर र प्रहरीको विशेष ब्यूरोको सूचक समेत हुँ भन्दै हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

‘राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर हुँ नि झुक्यानमा पारेर अनुचित लाभ लिने गरेको देखिन्छ’ एसएसपी सिंहले भने–‘उनीमाथि थप अनुसन्धान गरिरहेका छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!