०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङको देउखुरी राजपुरमा आगलागी हुँदा लाखौंको नोक्सान

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

(मेघमान बुढा )दाङ । राजपुर गाउँपालिका वडा नम्बर -७ अन्तर्गत भैसाही नाकाको सिमजमरी बस्तीमा भारतको चुरे जङ्गल बाट आएको आगोले नाकाको चारै तिर बाट घेरेको हुँदा आगो नियन्त्रण लिन नसके पछि ससराम रानाको घरमा हिजो मात्रै करिब दिउँसो १२:०० बजे तिर आगलागी भएपछि घरमा रहेको बाख्राको खोर सहिद १८ वटा बाख्रा लगाएत घरमा रहेको नगद पैसा ४००००,खाद्यान्न सामग्री ,लत्ताकपडा मात्रै नभएर घरमा रहेको एक तोला सुन लगायत सबै सामान आगो बाट जलेर नोक्सानी भएको छ । भने नोक्सान भने करिब १० लाख भन्दा धेरै भएको बताउनु हुन्छ श्री गौरीशंकर नि.मा.वि का प्राध्यापक तङ्क बि. कले नाकामा कुनै पनि संचार माध्यम नभएको कारण वरपर रहेको गाउँले समेत लाई खबर नहुदा आगो नियन्त्रणमा आउन नसकेको हुँदा धेरै नोक्सानी पुगेको छ । नाका मा संचार अभावका कारण सिमानामा रहेको सिमा सुरक्षा प्रहरी चौकी लगाएत सशस्त्र प्रहरी लाई समेत जानकारी भएको थिएन । नाकामा रहेका नाका बासिन्दाहरुले हरेक समस्या भोग्नु परेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!