२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बाँके प्रहरीले रेडपाण्डाको छालासहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

(महेन्द्र सिंह)
बाँके । कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ वटा संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रोल्पा सुनछहरी गाउँपालिका-१ का ४५ वर्षीय धन बहादुर रोका मगर, १९ वर्षीय दिपेश रोका मगर, १९ वर्षीय विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]