२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

बाँके प्रहरीले ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

 

(महेन्द्र प्रताप सिंह)
बाँके । प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

कबडिया चौलिका प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी बाट खटिएको टोलिले चेकजांच गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले हाफ पाइन्टको दाहिने गोजिमा लुकाइ ल्याएको अबस्थामा लागू औषध ब्राउन फेला परेको हो । उक्त लागू औषधको परिमाण १५ ग्राम रहेको छ । पक्राउ परेका गब्बार्लाइ इ.प्र.का जैसपुर चौकी मार्फत थप अनुसन्धानका लागि जि.प्र.का बाँकेमा अनुसन्धानको लागि ल्याएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद […]

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् । इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । […]

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

error: Content is protected !!