१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कर्णालीको चिसापानी पुलबाट हाम फालेर एक किशोर बेपत्ता एक घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फलेर एक किशोर बेपत्ता भएका छन।जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसंगै नदीमा हाम फालेका १७ वर्षिय बिरेन्द्र सिँह भने सकुसल रहेको प्रहरीले जनाएको छ। शनिबार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]