२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

हरिद्वारमा पूर्वराजा शाहको सम्बोधन आर्य सभ्यताको महत्व खिइँदै गयो

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

(ABC Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।

पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’
शाहले हिन्दु धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्व कै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दु संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन् । हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]