०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

अपराध बिरुद्ध लड्न नागरिकसँग हातेमालोको आवश्यक AIG :कार्की

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

ABC (क्राईमबिट)
कैलाली । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रधुम्‌न ‍‍कुमार कार्कीले जनताको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने बताएका छन्। कैलालीको गौरीगंगगा नगरपालिका-८ स्थित इलाका प्रहरी कार्यालय मसुरियाको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै एआईजी कार्कीले जनतालाई राखेर कार्य गर्नुपर्ने र नयाँ भवनमा बसेर पुरानो सोचाईबाट सेवा प्रवाह गरे त्यो प्रभावकारी नहुने बताए।
प्रदेश प्रहरीसंग सौहाद्र र सुदृढ खालको सम्बन्ध भएन भने अपराध र अपराधी विसंगती विरुद्ध लड्न नसक्ने भएकोले नागरिक समाजसंग हातेमालो र साझेदारीको आवश्यक पर्ने एआईजी कार्कीले ताए।

कार्यक्रममा इलाका प्रहरी कार्यालयको भवन निर्माणमा विभिन्न निकायसँग समन्वय गरि योगदान पुरयाउने गौरीगंगा नगरपालिका प्रमुख भिम बहादुर देउवा,रोयल निर्माण प्रा।लिका ठेकेदार प्रकाश बहादुर सेठी,युनोप्स इन्जिनियर अनुज पाण्डे,विपिन नेपाल,जग्गा खरिद र सरोकारवाला संग समन्वयमा योगदान गरे बापत समाजसेबी राजेन्द्र प्रसाद देवकोटा र सवारी दूघटनामा प्रहरीसंग सहकार्य गरि क्वीक रेस्पोस टिममा एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरे बापत वडा न ९ का वडा सदस्य चिरञ्जीवी जोशी लगाएत ६ जनालाई प्रशंसा पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

नव निर्मित भवन डिएफआइडीको सहयोगमा एमआइपी परियोजना अन्तरगत २करोड ६४ लाख ८३ हजार ९० रुपियाँ लागतमा निर्माण भएको हो।उद्घाटन कार्यक्रम गौरीगंगा नगरपालिका भिम बहादुर देउवा,सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी,कैलाली जिल्ला प्रहरी पमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी निरीक्षक लक्ष्मी पसाद जोशीले मन्तव्य राखेका थिए।

कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल,सशस्त्र प्रहरी वल नेपाल न ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठ र संघीय प्रहरी इकाई कार्यालय प्रमुख वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्याय लगाएत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!