०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

अपराधिक गतिबिधीमा बालबालिकाको संलग्नता बढ्यो डिएसपी रिजाल

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

ABC (क्राईमबिट)
दाङ । असल अभिभावकत्वको कमीका कारण अहिले थुप्रै बालबालिकाहरु गलत बाटोमा गइरहेका छन् । आमा बुवाको माया, साथ र संरक्षणको अभावका कारण बालबालिकाहरु अञ्जानमा अपराधतर्फ उन्मुख भइरहेका छन् । समाजमा हुने विभिन्न प्रकृतिका अपराधहरुमा बालबालिका उमेर समूह मुछिदै गएको घटनाले प्रहरीलाईसमेत हैरान बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले लागूऔषध, चोरी र यौनजन्य अपराधहरुमा बालबालिकाको संलग्नता बढेको देखाउँछ । बालबालिकाबाट हुने अपराधलाई कानुनले बालबिज्याइँ भनेर परिभाषा गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा यस्ता बालबिज्याइँका घटना बढेर गएका छन् । तथ्यांकले बितेको तीन वर्षमा बालबिज्याइँका घटनामा ६५ बालबालिका पक्राउ परेका छन् । जसमा लागूऔषधका सात, चोरीका २१, यौनजन्य गतिविधिमा संलग्न छजना बालबालिका पक्राउ परेका छन् । अधिकांश १४-१८ उमेर समूहका बालबालिकाहरु आपराधिक गतिविधिमा संलग्न हुने गरेको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले अभिभावकत्वको कमीका कारण बालबालिकाहरु अपराधतर्फ उन्मुख भइरहेको बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!