२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपराधिक गतिबिधीमा बालबालिकाको संलग्नता बढ्यो डिएसपी रिजाल

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

ABC (क्राईमबिट)
दाङ । असल अभिभावकत्वको कमीका कारण अहिले थुप्रै बालबालिकाहरु गलत बाटोमा गइरहेका छन् । आमा बुवाको माया, साथ र संरक्षणको अभावका कारण बालबालिकाहरु अञ्जानमा अपराधतर्फ उन्मुख भइरहेका छन् । समाजमा हुने विभिन्न प्रकृतिका अपराधहरुमा बालबालिका उमेर समूह मुछिदै गएको घटनाले प्रहरीलाईसमेत हैरान बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले लागूऔषध, चोरी र यौनजन्य अपराधहरुमा बालबालिकाको संलग्नता बढेको देखाउँछ । बालबालिकाबाट हुने अपराधलाई कानुनले बालबिज्याइँ भनेर परिभाषा गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा यस्ता बालबिज्याइँका घटना बढेर गएका छन् । तथ्यांकले बितेको तीन वर्षमा बालबिज्याइँका घटनामा ६५ बालबालिका पक्राउ परेका छन् । जसमा लागूऔषधका सात, चोरीका २१, यौनजन्य गतिविधिमा संलग्न छजना बालबालिका पक्राउ परेका छन् । अधिकांश १४-१८ उमेर समूहका बालबालिकाहरु आपराधिक गतिविधिमा संलग्न हुने गरेको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले अभिभावकत्वको कमीका कारण बालबालिकाहरु अपराधतर्फ उन्मुख भइरहेको बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!