०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एसपी कार्कीको सफलता कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

(महेन्द्र प्रताप सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की आएदेखि फरार रहेका अपराधीहरुको खोजकार्यलाई निरन्तर दिदै अभियान चलाए यसै क्रममा कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ परेका छन् । २०६०।०७।१० गते प्रतिवादीहरु कृपाराम खटिक लगायत अन्य प्रतिवादीहरुले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरोले प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा तत्काल ९ जना प्रतिवादीहरु लाई पक्राउ गरी अनुसन्धान भएको थियो ।

उनी बञ्चरो प्रहार गरी हत्या पश्चात तत्कालै भारत तर्फ भागेको आरोप थियो । ९ बर्ष सम्म भारतका रुपैडिया, नानपारा लगाएतका ठाँउहरुमा मजदुरी गरी बसेको र भारतको रुपैडिया मोहनपुरमा घर बनाई स्थायी रुपमा परिवार सहित बसोबास गरेको रहस्य खुलेको छ । उनले त्यहाँ धानको मिल, कृषि तथा भैसी पालन व्यवसाय गरी बसेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।
बर्दिया जिल्ला अदालतको मिति २०६८।०२।१० गतेको आदेशले जनही २० बर्ष कैद सजाय तोकिई जिल्ला कारागार कार्यालय बर्दियामा कैद सजाय बिताईरहेको र सो मुद्दाका मुख्य कसुरदार कृपाराम खटिक फरार थिए ।
उनलाई २०७७।१२।३० गते बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बाट पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराईएको र अदालतबाट जिल्ला कारागार कार्यालय बर्दियामा चलान गराउन आदेश भएको हो एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!