०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

एसपी कार्कीको सफलता कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

(महेन्द्र प्रताप सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की आएदेखि फरार रहेका अपराधीहरुको खोजकार्यलाई निरन्तर दिदै अभियान चलाए यसै क्रममा कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ परेका छन् । २०६०।०७।१० गते प्रतिवादीहरु कृपाराम खटिक लगायत अन्य प्रतिवादीहरुले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरोले प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा तत्काल ९ जना प्रतिवादीहरु लाई पक्राउ गरी अनुसन्धान भएको थियो ।

उनी बञ्चरो प्रहार गरी हत्या पश्चात तत्कालै भारत तर्फ भागेको आरोप थियो । ९ बर्ष सम्म भारतका रुपैडिया, नानपारा लगाएतका ठाँउहरुमा मजदुरी गरी बसेको र भारतको रुपैडिया मोहनपुरमा घर बनाई स्थायी रुपमा परिवार सहित बसोबास गरेको रहस्य खुलेको छ । उनले त्यहाँ धानको मिल, कृषि तथा भैसी पालन व्यवसाय गरी बसेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।
बर्दिया जिल्ला अदालतको मिति २०६८।०२।१० गतेको आदेशले जनही २० बर्ष कैद सजाय तोकिई जिल्ला कारागार कार्यालय बर्दियामा कैद सजाय बिताईरहेको र सो मुद्दाका मुख्य कसुरदार कृपाराम खटिक फरार थिए ।
उनलाई २०७७।१२।३० गते बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बाट पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराईएको र अदालतबाट जिल्ला कारागार कार्यालय बर्दियामा चलान गराउन आदेश भएको हो एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!