११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बिधालयहरु तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव..!

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७


(ABC Sanchar)
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल आयोजना गरिएको हो ।

छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने अनुपस्थित थिए । मन्त्रीकै अध्यक्षतामा छलफल हुने भनिए पनि उनको एक आफन्तको निधन भएका कारण उपस्थित हुन नसकेको मन्त्रालय स्रोतले जनायो ।
छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।
‘कोरोना संक्रमण फेरि बढ्न लागेको छ, तर अब यससँग जुध्दै अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छौं ।’
स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण प्रकाशमा आएको खण्डमा सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिने लगायतका विषयमा सुझाव दिँदै समग्र शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोत बताउँछ । शिक्षा मन्त्रालयले भने सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!