१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङमा बलात्कारको झुठो बयान फेर्ने युबतिलाई एक महिना कैद

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

ABC (क्राईमबिट) घोराही । आफुमाथि सामुहिक बलात्कार भएको उल्लेख गर्दै प्रहरीमा उजुरी गरेकी युबतिले अदालतमा गएर बयान फेरेपछी उल्टै कैदमा परेकि छिन । घोराहीका तिनजना युबाहरुले आफुहरुमाथी सामुहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युबतिले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभइ उनिहरुलाई दुख दिन उजुरि हालेको उल्लेख गरेपछि दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायधिश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो । चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्याएको ठहर गर्दै नाबालिग भएकाले बालिकालाइ छाेडिएको र जाहेरवाली अर्कि युबतीलाई भने एक महिना कैद र ती युबतिबाटै बलात्कारको आरोप लागेका तिनजना युबाहरुलाई क्षतिपुर्तिस्वरुप जनहि २५-२५ हजार उपलब्ध गराउन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!