०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पीडितहरुको गुनासो सुन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

ABC (क्राईमबिट)
पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशिल रहि पिडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न गराउन निर्देशन दिएका छन् ।

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा आयोजना गरिएको २ दिने संयुक्त सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका आईजीपी थापाले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई विशेष सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् ।

आईजीपी थापाले अपराध अनुसन्धान तथा रोकथाम, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या लगायतका बिषयमा निर्देशन सम्बोधन गरेका छन् ।

निर्देशन कै क्रममा उनले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादन तर्फ उन्मुख हुनुपर्ने बताउँदै सांगठनिक मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न समेत निर्देशन दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समग्र प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान लगायतका विषयमा आईजीपी थापालाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!