०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

नयाँ बर्षमा कर्णाली चिसापानीको पुलमा पर्यटकको भीडभाड

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


(सर्मिला बोगटी)
धनगढी । कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानीको धेरै पर्यटकले बुधबार अवलोकन गरेका छन् । नयाँ वर्षको दिन सो ठाउँमा पर्यटकको भीडभाड भएको हो । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यले उनीहरुले चिसापानीको भ्रमण गरेका हुन् ।
लम्कीचुहा नगरपालिका–३ मा रहेको चिसापानी यो जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । नयाँ वर्षको दिन चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ रहेको थियो ।
वडा अध्यक्ष भक्तबहादुर चलाउनेले एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक चिसापानीमा पुगेको बताउनुभयो । ‘बजार र पुल पर्यटकले भरिभराउ छ’, उहाँले भन्नुभयो । ‘पर्यटक बढेपछि सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ ।’
चिसापानीमा रहेको कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् । चिसापानीभन्दा थोरैमाथि रहेको पितमारीमा पिकनिक खानेको पनि भीडभाड रहेको जनाइएको छ ।
नयाँ वर्षको दिन बुटवल र भैरहवासम्मका आन्तरिक पर्यटक भ्रमण, अवलोकनका लागि चिसापानी पुगेको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । ‘टाढाबाट आएका आन्तरिक पर्यटकलाई हामीले स्वागत र सम्मान पनि गरेका छौं’, उहाँले भन्नुभयो ।
धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक अत्यधिक मात्रामा चिसापानीमा पुग्ने गरेका छन् । नयाँ वर्षको दिन आन्तरिक पर्यटकको चहलपहल भएपछि व्यापार, व्यवसाय पनि फष्टाएको जनाइएको छ । होटलहरु पर्यटकले भरिएका छन् ।
कोरोना महामारीका कारण पर्यटन व्यवसाय फष्टाउन सकेको छैन । एकदिन भए पनि पर्यटक आएर कारोबार बढ्दा केही राहत महसुस भएको स्थानीय व्यवसायी कमला गुरुङ्ले बताउनुभयो । ‘थोरै भए पनि राहत भएको छ’, उहाँले भन्नुभयो ।
टिकटकका कारण मान्छेले ज्यानसमेत गुमाउने गरेका घटनाहरुलाई मध्यनजर गरेर चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । केही दिन अगाडिमात्रै भ्रमणका लागि गएका तीन जना किशोरहरुले कर्णाली पुलबाट हाम फालेका थिए । दुई जनाको सकुशल उद्धार भए पनि एक किशोर अझै बेपत्ता छन् । त्यस्ता दुःखदायी घटना दोहोरिन नदिनका लागि सतर्कता बढाइएको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । यसैबीच, कर्णाली पुलमा कैलाली होटल व्यवसायी सङ्घले ७८ वटा नेपाली झण्डा राखेको छ ।
यसैगरी, नयाँ वर्षको दिन टीकापुर पार्क, घोडाघोडी ताल, कोइलही ताल र खाँनीडाँडामासमेत आन्तरिक पर्यटकहरुको घुइँचो लागेको थियो । पिकनिक मनाउन र घुम्नका लागि विभिन्न ठाउँका मानिस यी क्षेत्रमा पुगेका थिए । नयाँ वर्षको दिन बालबच्चालाई खानीडाँडाको भ्रमण गराएको धनगढीका सुनिता थारुले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!