३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

इन्टरपोलबाट रेड नोटिस जारी गरेर फरार भएका युएईबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा इन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!