०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

चरम भ्रष्टाचारको थलो कोहलपुर नगरपालिका भित्र छवि दिल र अग्नी अख्तियार किन मौन?

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

(ABC-Sanchar) बाँके । कोहलपुर नगरपालिका कार्यालय नै ‘छवि, दिल र अग्नी’को कब्जामा छ । अरु कर्मचारी निरिह छन् । भ्रष्टाचार मौलाएको छ । विकास र समृद्धिका लागि भन्दै चुनिएका जनप्रतिनिधि र कर्मचारी कमाउधन्दामा लिप्त छन् ।
‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’
सरकार त्यस्तो संस्था हो, जसले नागरिकका पीर, मर्का र समस्या बुझी समाधान गर्ने र सुशासनको प्रत्याभूति गराउने कार्य गर्छ । सङ्घीय शासन प्रणाली स्थापित भइसकेपछि नेपाली नागरिकले आफ्नो परम्परागत जीवनशैली बदलिने ठूलो आशा गरेका थिए । सरकारद्वारा आफ्ना समस्याको सम्बोधनको अपेक्षा पनि गरेका थिए ।

तीन तहको सरकारले नागरिकका अपेक्षा पुरा गर्ने भन्दै नागरिकले प्रत्यक्ष मतदान गरेर तीनै तहमा जनप्रतिनिधि चुने । गाउँगाउँमा सिंह दरबारको नारा लगाइयो । गाउँमै सिंहदरबार आएको भन्दै नागरिकहरु मख्ख भए । तर उनै नागरिकबाटै चुनिएका जनप्रतिनिधिहरु दिनप्रतिदिन भ्रष्टाचारको दलदलमा फस्न थाले ।

बार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भने भ्रष्टाचार निकै मौलाएको छ । स्थानीय तहहरु ‘भ्रष्टाचारको अखडा’ बन्दै गएपछि सुशासनको स्थापना र भ्रष्टाचार अन्त्यको सपना देखेका नागरिकहरु अच्चमित बनेका छन् । विकास र समृद्धिका लागि भन्दै चुनिएका जनप्रतिनिधि कमाउधन्दामा लिप्त बनेका छन् ।

गाउँ, टोल, वडा, बस्ती र समग्र देशकै विकासको जिम्मा पाएर नागरिकबाट चुनिएका जनप्रतिनिधिहरुबाटै आर्थिक अनियमितासँगै भौतिक संरचना निर्माणमा कम गुणस्तरका संरचना बनाएर कमाउधन्दामा लागेपछि नागरिकहरुले देखेका विकास र समृद्धिका सपना चकनाचुर भएसँगै गाउँका सिंहदरबार भ्रष्टाचारले गन्हाउन थालेका छन् ।

भ्रष्टाचारमा लिप्त भएर गन्हाएको गाउँका सिंहदरबारमध्ये कोहलपुर नगरपालिका बाँकेमै अग्रपक्तिमा पर्छ । एक जना जनप्रतिनिधिको ‘कालो झोला’बाट निर्देशित हुने नगरपालिका भ्रष्टाचारको दलदलमा फस्दै गएको छ । उक्त ‘कालो झोला’धारी कार्यपालिका सदस्य डिलबहादुर परियारको नगरपालिकामा हालीमुहाली छ ।

नगरपालिकाका मेयर लुटबहादुर रावतको सेटिङ्गमा नीति नियम र मापदण्ड विपरितका काममा ‘मनमौजी’ गरिरहेका ‘कालो झोला’धारी कार्यपालिका सदस्य परियारलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली, योजना शाखा प्रमुख अग्नी आचार्यले ‘होस्टेमा हैसे’ गर्दै गलत कामलाई पनि साथ दिइरहेका छन् ।
कोहलपुर नगरपालिका कार्यालयमा कार्यपालिका सदस्य परियार, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शाखा प्रमुख आचार्यबाहेक अन्य जनप्रतिनिधि र कर्मचारीको कुनै जोडबल र भनसुन चल्दैन । उनीहरुकै इशारामा नगरपालिका कार्यालय ‘मनमौजी’रुपमा चलिरहेको अन्य जनप्रतिनिधि र कर्मचारीहरु बताउँछन् ।

नगरपालिकाको बजेट तर्जुमादेखि हरेक योजनामा उनीहरूकै हालिमुहाली हुने गरेको छ । अर्थहीन काममा अनाबश्यक बजेट खर्चदेखि सरकारी सम्पतिको दुरूपयोगमा समेत उनीहरूको आदेश र निर्देशन चल्नुका साथै रकम बाँडफाडँमा ‘मनमौजी’ चल्दै आएको कोहलपुर नगरपालिकाका एक जना कर्मचारी नाम नछाप्ने सर्तमा बताउँछन् ।

नगरपालिकामा कर्मचारीभन्दा धेरै सवारी साधन खरिद भएका छन् । यी सबै खरिद गर्न मेयर लगायतको जनप्रतिनिधिलाई हौसाउने पनि यीनै तीन जना रहेको खुलेको छ । नयाँ गाडी खरिद गर्न लगाउने कम्पनीसँग बार्गेनिङ्ग गरेर मोटो रकम दामासाहीमा कमिशन समेत लिने गरेको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

थप समाचारहरु पनि पढ्नुहोस् :
कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?
कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग
कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र
कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’
कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’
स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार
कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च
बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’
भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका
‘भ्रष्टाचारको अखडा’ बनेको कोहलपुर नगरपालिकाभित्र लुटतन्त्रका तीन पात्र भनेर ‘छवि, दिल र अग्नी’लाई चिनिन थालेको कर्मचरीहरु नै बताउँछन् । सूचना लुकाउनेदेखि पत्रकारलाई धम्की दिनेसम्मका गतिविधिमा संलग्न तीन पात्र ‘छवि, दिल र अग्नी’को व्यवहारले कोहलपुर नगरपालिका कार्यालयकै कर्मचारी पनि आजित छन् ।
नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएको बताउँछन्, कोहलपुरका युवा नेता भुम भण्डारी । उनी भन्छन्, ‘नगरपालिका कार्यालय नै ‘छवि, दिल र अग्नी’को कब्जामा छ । अरु कर्मचारी निरिह छन् । भ्रष्टाचार मौलाएको छ ।’

नगरपालिकाका उपमेयर सञ्जु चौधरी लगायतका जनप्रतिनिधि कानमा तेल हालेर थपडी बजाउँदै बसिरहेका छन् । धेरै मह चाट्न नपाए पनि थोरैथोरै मह औलामा लगाएर स्वाद लिइरहेका उनीहरू पनि कार्यावधि सकिनै लाग्दा कसरी कमाउने भन्ने दाउमै देखिन्छन् । कोहलपुर नगरपालिका भ्रष्टाचारको दलदलमा फसेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि सूचना अधिकारीले कुनै पनि योजनाको सूचनासमेत दिन मान्दैनन । अख्तियार दुरूपयोग आयोगसँग पनि सेटिङ्ग मिलाइसकेको भन्दै कसैले आफूहरुलाई छुनसम्म नसक्ने भन्दै तीन जना पात्र ‘छवि, दिल र अग्नी’ले नगरपालिकामा अर्थहिन बजेट खर्चेर कमिसन असुल्दै आएको स्रोत बताउँछ ।
बेकामे योजनामा लगानी गर्दै आएको जसबाट मोटो रकम कमिशन असुलीसमेत हुँदै आएको खुलेको छ । सत्यपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

error: Content is protected !!