२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

५ दिने दालमोट बनाउने तालिम बिजुवारमा सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

राम बहादुर बिश्वकर्मा
प्युठान / प्युठानको बिजुवारमा दालमोट बनाउने तालिम सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा तालिम संचालन गरिएको हो । ५ दिन सम्म संचालन गरिएको तालिमको आइतवार एक कार्यक्रम गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ४ का वडअध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले गुणस्तर सहितको बस्तु उत्पादन गर्न आग्रह गर्नुभयो । तालिममा सिकेको सिपलाई प्रयोगमा ल्याउन सहभागीलाई आग्रह गर्दै वडा कार्यालयले हरेक बस्तिमा जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु ल्याईरहेको उहाले बताउनुभयो ।
तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकास मञ्चका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले सिप बिकास तालिमले ब्यक्तिलाई सबल र आत्मनिर्भर बनाउने बताउनुभयो । उपभोक्ताको माग अनुसारको तालीम सन्चालन गरिएको उहाको भनाई छ ।
त्यस्तै पहिले उद्यम के हो , उद्यम कसरी गर्ने भन्ने बारे थाह नपाएकी रेशमा कार्कीले तालिममा सहभागी भएपछि उद्दमशिलता बिकास तालिमबाट दालमोट बनाउन जानेको भन्दै अब यहि उद्योग सन्चालन गर्ने बताउनुभयो ।

तालिम समापन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बि.क ले गर्नुभएको थियो।वडा बासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काभ्रेपलाञ्चोकको विभिन्न ठाउँका जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनारलाई पक्राउ […]

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]