२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गर्मी बढेसँगै बाँकेमा लामखुट्टेको प्रकोप बढ्यो तत्काल औषधी छर्किँने वडा अध्यक्ष हमाल

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । गर्मी बढेसँगै बाँकेको सदरमुकाम नेपालगन्ज सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि नेपालगन्ज उपमहानगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको नेपालगन्ज वडा नम्बर २ का स्थानीयवासी पवन गुप्ताले बताए ।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा उपमहानगरपालिका अन्तर्गतका सबै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी वडा नम्बर २ का शिव सोनीले बताए । उचित सरसफाइ हुन नसक्दा नेपालगन्ज बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
स्थानीय बासिन्दाले यस वर्ष समयमै नेपालगन्ज उपहानगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।

नेपालगन्जको बजार क्षेत्र र टोल बस्तीमा नियमित सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको गुनासो छ । दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ । भने नेपालगन्ज उपमहानगरपालिका वडा कार्यालय २ का वडा अध्यक्ष सुनिल सिंह हमालले उपमहानगरपालिकाले राखेका सरसफाइ  कर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए ।

साथै उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा तत्काल औषधि छर्किने बताए । उप महानगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!