३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

पद हस्तान्तरण पत्रकारको सुरक्षा कोष स्थापना गर्ने अध्यक्ष : केसी

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराउनु भएको थियो भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराउनुभएको हो ।

कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गर्नुभएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गर्नुभएको हो ।

पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गर्ने, लेखन बृत्तिमार्फत फिचर सेवा प्रकाशन गरि पत्रकारितामा निरन्तरता र निखारता ल्याउने, लेखनबृत्तीसँग जोडेर वैज्ञानिक मापदण्डका आधारमा मात्रै पुरस्कार वितरण गर्ने योजना सुनाउनुभयो ।

त्यसैगरी, सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने, पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने, ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने केसीले बताउनुभयो ।

यसैगरी, पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने, पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने, अनलाईन पत्रकारितालाई विश्वसनीय र जवाफदेही बनाउने योजनाका साथ काम गर्ने उहाँको भनाई छ ।

साथै, विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने र सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने योजना रहेको अध्यक्ष केसीले बताउनुभयो । कार्यक्रममा बोल्ने पत्रकारहरुले दाङको पत्रकारीतालाई नमूना बनाउने विषयमा सामुहिक प्रयासबाटै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मधुसुदन बैद्य, दाङ शाखा पूर्ब अध्यक्ष केवी मसाल, महासंघका सल्लाहकार लक्ष्मी आचार्य, निर्वाचन समितिका संयोजक सुदिप गौतम, समिति सदस्य अधिबक्ता मौसम आचार्य, प्रेस चौतारीका पूर्ब केन्द्रीय सदस्य सुदर्शन रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, प्रेस संगठनका संयोजक प्रकाश चौधरी र प्रगतिशिल पत्रकार संघका अध्यक्ष महेश रिजालले आ आफ्नो धारणा राख्नुभएको थियो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!