२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बढुवाको जाम खोल्न र सिन्डिकेट तोडी सरुवा गर्न सफल प्रहरी महानिरिक्षक: खनाल

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०७५

(सागर थापा दाङ)
असार ४,लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरुको समेत सरुवा गरेको छ । त्यस्तै गरी प्रहरी प्रधान कार्यालयका अन्य बिभागहरुमा ५ बर्ष देखि २० बर्ष सम्म एकै ठाउमा राज गरी बस्ने सईहरुको सरुवा गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक उदाहरणीय कार्य गरेका छन ।
त्यसै गरी प्राबिधिक तर्फको १५बर्षसम्म एकै पदमा बस्न बाध्य सई देखि डिआईजीसम्मको एकैदिन बढुवा निकाली प्रशंसनिय काम गरेका छ्न । हालै बढुवा भएका २८ जना प्रहरी उपरीक्षक र ५५ जना प्रहरी नायब उपरीक्षकहरुको पदस्थापना तथा अवधि पुगेका ७३ जना डिएसपिको एकैपटक सरुवा गरि गर्न खोजे के नहुने रहेछ भन्ने गतिलो उदाहरण दिन प्रहरी प्रमुख सफल भएका छन । एकै दिन यति धेरै काम सम्पन्न गर्न कर्मचारि प्रशासन शाखका कर्मचारीको अहोरात्र को खटाई र लगनले मात्र सम्भब भएको हो । अझैपनी प्रशासन चुस्त र दुरुस्त हुन केही कर्मचारीको संख्या प्रहरी प्रधान कार्यलयबाट हटाउनु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!