१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बढुवाको जाम खोल्न र सिन्डिकेट तोडी सरुवा गर्न सफल प्रहरी महानिरिक्षक: खनाल

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०७५

(सागर थापा दाङ)
असार ४,लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरुको समेत सरुवा गरेको छ । त्यस्तै गरी प्रहरी प्रधान कार्यालयका अन्य बिभागहरुमा ५ बर्ष देखि २० बर्ष सम्म एकै ठाउमा राज गरी बस्ने सईहरुको सरुवा गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक उदाहरणीय कार्य गरेका छन ।
त्यसै गरी प्राबिधिक तर्फको १५बर्षसम्म एकै पदमा बस्न बाध्य सई देखि डिआईजीसम्मको एकैदिन बढुवा निकाली प्रशंसनिय काम गरेका छ्न । हालै बढुवा भएका २८ जना प्रहरी उपरीक्षक र ५५ जना प्रहरी नायब उपरीक्षकहरुको पदस्थापना तथा अवधि पुगेका ७३ जना डिएसपिको एकैपटक सरुवा गरि गर्न खोजे के नहुने रहेछ भन्ने गतिलो उदाहरण दिन प्रहरी प्रमुख सफल भएका छन । एकै दिन यति धेरै काम सम्पन्न गर्न कर्मचारि प्रशासन शाखका कर्मचारीको अहोरात्र को खटाई र लगनले मात्र सम्भब भएको हो । अझैपनी प्रशासन चुस्त र दुरुस्त हुन केही कर्मचारीको संख्या प्रहरी प्रधान कार्यलयबाट हटाउनु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!