१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

अर्थ मन्त्रालयका १० सहसचिवको सरुवा हेर्नुहोस् को कहाँ भए सरुवा

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

 

(ABC-Sanchar)
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई मन्त्रालय तानेरविश्वप्रसाद अर्याललाई वीरगन्ज भन्सारमा पठाइएको छ।

यसैगरी अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालय, उमाकान्त आचार्यलाई सहमहालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

हेर्नुहोस् को कहाँ?

थानप्रसाद पंगेनीः सहमहालेखा नियन्त्रक
अच्युतप्रसाद शिवाकोटीः प्रमुख जाँचपास प्रशासक
उमाकान्त आचार्यः सहमहालेखा नियन्त्रक
इश्वरप्रसाद अर्यालः उपमहानिर्देशक, भन्सार विभाग
बाबुराम सुवेदीः कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
विश्वप्रसाद अर्यालः वीरगन्ज भन्सार प्रमुख
महेश भट्टराईः अर्थ मन्त्रालय
महेश आचार्यः अर्थ मन्त्रालय
बाबुराम भण्डारीः सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
भूमिराम शर्माः सदस्य सचिव, नेपाल राजश्व परामर्श विकास समिति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!