२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले जुवाबाट १ लाख ८० हजारसहित ५ जना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ५ जना जुवाडे लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का २७ बर्षिय खगेन्द्र सापकोटा, ४३ बर्षका झुपक केसी, घोराही १४ का ४३ बर्षिय बालाराम खड्का, २४ बर्षका मरिजमान खड्का र ३४ बर्षिय चन्द्र बुढा रहेका छन् ।

घोराही उपमहानगरपालिका १५ बालमन्दिर टोल स्थित झुपल केसीको घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट १ हजारको नोट १५० थान, १ लाख ५० हजार, ५ सयको नोट ६० थान, ३० हजार, बिभिन्न रकम उल्लेख भएका बिभिन्न बैङको चेकहरु ७ थान, जुवा खेल्न प्रयोग भएको गलैचा १ थान र खेल्न प्रगोग गरिएको तासको गडडी ३ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]