०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले जुवाबाट १ लाख ८० हजारसहित ५ जना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ५ जना जुवाडे लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का २७ बर्षिय खगेन्द्र सापकोटा, ४३ बर्षका झुपक केसी, घोराही १४ का ४३ बर्षिय बालाराम खड्का, २४ बर्षका मरिजमान खड्का र ३४ बर्षिय चन्द्र बुढा रहेका छन् ।

घोराही उपमहानगरपालिका १५ बालमन्दिर टोल स्थित झुपल केसीको घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट १ हजारको नोट १५० थान, १ लाख ५० हजार, ५ सयको नोट ६० थान, ३० हजार, बिभिन्न रकम उल्लेख भएका बिभिन्न बैङको चेकहरु ७ थान, जुवा खेल्न प्रयोग भएको गलैचा १ थान र खेल्न प्रगोग गरिएको तासको गडडी ३ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!