२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

निशुल्क अक्सिजन सेवा सुचारुको उद्घाटन गर्दै पर्सा एसपी बेल पाण्डे

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

(रवि कुमार वर्णवाल)
बिरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।

अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
तत्कालका लागि सानो सिलिण्डर १४ र ठूलो ५ वटा राखिएको छ । आवश्यकता अनुसार थप गर्दै लैजाने तयारी केन्द्रले गरेको छ । बढ्दो कोभिड संक्रमणसँगै वीरगञ्जमा होम आइसोलसनमा बस्ने संक्रमितको संख्या बढ्दो छ । होम आइसोलेसनमा बस्ने संक्रमितले अक्सिजन नपाएर छटपटिने अवस्था आउन सक्ने स्थिति रहेको भन्दै चिकित्सकहरुले चेतावनी दिइरहेका छन् ।

सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अत्यन्त जरुरी अवस्थामा अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भनेर सेवा सुरु गरिएको बताए । ‘आवश्यक पर्दा अक्सिजन तत्काल सहजै पाइँदैन । खोज्न समय लाग्छ उनले भने तर lरामीलाई त अक्सिजन दिनुनैपर्छ, त्यो बेला हामी निशुल्क सहयोग गर्छौैं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]