०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

बाँके प्रहरीले लोडेड पेस्तोलसहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

(महेन्द्र प्रताप  सिंह) बाँके । प्रहरीले जङ्गलबाट पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय त्रिभुवन बैठा रहेका छन् ।प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका २ का ३२ वर्षीय बैठालाई हतियारसहित पक्राउ गरेको हो ।

बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका १२, कालिन्जोर चोकमा बीआर ३० जेड ६५४८ नम्वरको भारतीय मोटरसाइकल रोकेर खानतलासी लिँदा चालक बैठाको साथबाट मेडइन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने चार राउण्ड गोली र एक थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार व्यक्ति भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बैठासँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]