०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

स्वतन्त्र समाज नेपाल बिरगंजको आयोजनामा ६६ जनाद्वारा रक्तदान

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८

(रबी वर्णवाल)
वीरगञ्ज । स्वतन्त्र समाज नेपालको आयोजनामा वीरगञ्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका सचिब रबी वर्णवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १ जना महिलासहित ६५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाको सहआयोजकमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाक उपप्रमुख शान्ती कार्की, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्की, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सामाजिक अभियानता प्रकाश थारु, युवा अभियानता दिलिपराज कार्की, संस्थाका अध्यक्ष कन्हैयालाल झाको लगायतको उपस्थिती रहेको संस्थाका सहसचिब नितेश वर्णवालले जानकारी दिए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक सुमन कार्की, अनिल प्रसाद गुप्ता, जित वर्णवाल, निरन्जन राउत, अभिषेक पटेल, भोला प्रसाद यादव, राहुल तामांग, विवेक लामिछाने, बिकास चौधरी लगायतले रक्तदान गरेका थिए । सहसचिब वर्णवालका अनुसार संस्थाका सचिब रबी बर्णवाल, सदस्यहरु अबिनाश गुप्ता, रुपल जैसवाल, राजन श्रेष्ठ, बर्खतअली खाँ, कबिर सर्राफ, प्रभु हस्पिटलका प्रतिमा कार्की र अनिल पटेल लगायतले कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा नेशनल गेम करातेमा पर्सा जिल्लाबाट प्रथम र द्वितिय स्थान हाँसिल गरेका २ जना कराते खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । संस्थाले यसअघि पनि कोभिड १९ को महामारीबाट बच्नका निम्ती नागरिकलाई सचेतना फैलाउँदै आएको थियो ।

साथै आगामी दिनमा पनि अन्य जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको संस्थाका सचिब रबी वर्णवालले बताए । कार्यक्रमको सहजिकरण रायन कायस्थले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!