२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बर्दियामा बैशाख १३ गतेदेखि १९ गतेसम्म लक्डाउन जारी

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(सर्मिला बोगटी)
बर्दिया । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न सोमबार देखि एक साताका लागि निषेधआज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न बैशाख १३ गते देखि १९ गते सम्म एक हप्ताका लागि निषेधआज्ञा जारी गरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दिया जिल्लामा पनि पर्न सक्ने भन्दै निषेधआज्ञा बन्दाबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो ।
निषेधआज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा र विकास निर्माणका कार्य वाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ ।

काेराेना संक्रमणकाे दाेस्राे लहर सुरु भए पछी बर्दिया जिल्लामा ६ जनाकाे मृत्यु भएकाे छ भने २७७ जना संक्रमीत भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]