२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वीरगञ्जमा लकडाउन ५० भन्दा बडी मोटरसाईकल नियन्त्रण कार्वाही

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यन्वयनका लागि वीरगञ्जमा कडाइ गरिएको छ ।

वीरगञ्ज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पर्सा जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।

पाण्डेले पर्सामा २ सय ६६ जना प्रहरी परिचालन गरिएको बताए । बजार खुल्ने समयअवधि बाहेकको समयमा गाडी र मोटरसाइकल चलेको पाए नियन्त्रणमा लिएर होल्ड गरिने उनको भनाइ छ ।

एसएसपी पाण्डेले वीरगञ्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ बताए । त्यसैगरी जिल्ला प्रहरी र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ राखिएको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन गरिएको उनले बताए ।

पाण्डेले गएराति निर्देशान विपरित विभिन्न वैवाहिक कार्यक्रममा भइरहेको कार्यक्रमपनि रोकिएको बताए । उनले मास्क नलगाएकालाई पनि होल्ड गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]