०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

काठमाडौं उपत्यकामा भारी बर्षा तराईको जिल्लामा निकै गर्मी

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । उपत्यका लगायत देशका केहि भागमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा मेघ गर्जन र चट्टयांङ सहित वर्षा गराउने बादल विकसित भई केहि स्थानहरुमा वर्षा भइरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू(भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १७ गते (शुक्रबार)

दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख १८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगाएत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।

राती : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी

देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाको अनुरोध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । हिमपात मुख्यतया मुगुको माथिल्लो भेगमा भएको छ, भने तल्लो भू-भागमा हल्का वर्षा भएको छ। कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो । हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हिमपातले किसानलाई राहत दिएको छ, किनभने हिमपातले जौ, गहुँबाली, फलफूल […]

काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो। विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा […]

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

error: Content is protected !!