१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

महिला सांसदलाई दुव्यर्वहार गरेको छैन प्रमाण देखाउन डीआईजी धानुकको अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


ABC (क्राईमबिट)
बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।

यो पनि
महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग
​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । ‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दुव्यर्वहार गरेँ ?’ उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।’

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । ‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् ?’ उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिङ । भिआइपीलाई छाडेर सर्वसाधारण जनतालाई मात्र रोक्ने भन्ने हुँदैन, सबै रोकिन्छन्” भन्दै नियम सबैमा बराबर लागू हुने बारेमा इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक दिल्ली बहादुर खड्काले सीडीओलाई ब्रिफिङ गर्नुभएको छ। कानुन सबैका लागि समान हुनुपर्ने र चेकिङमा कसैलाई पनि विशेष छुट नदिइने उहाँको भनाइ छ।

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले जग्गा कारोबारलाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको प्रयोग आवश्यक रहेको बताउनुभएको छ। शनिबार दाङमा ‘जग्गा साथी दाङ’ अनलाइन प्लेटफर्म तथा सिस्टमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि प्रियासनले प्रविधिको विकाससँगै हरेक क्षेत्रलाई डिजिटल प्रणालीमा जोड्नुपर्ने बताउनुभयो। उहाँले जग्गा खरिद […]

दाङ । प्रहरीका अनुसार मिति २०८३ मंसिर १३ गते दिउँसो ३:१५ बजेको समयमा लमही-घोराही सडकखण्डमा घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा.१ ख २८५६ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा.४० प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको राजापुर नगरपालिका-२ नयाँगाउँ निवासी अन्दाजी ३१ वर्षीय राजेश कुमार चौधरी घाइते भएका थिए। घाइते चौधरीलाई […]

error: Content is protected !!