दाङ । तुलसीपुरमा दाङ भ्याली अटोले ५३ वर्षीय लालबहादुर बिकलाई ठक्कर दिएर फरार भएको घटनामा अटो र चालकलाई दाङ प्रहरीले पक्राउ गरेको छ।
ठक्करबाट घाइते भएका बिकको उपचार भइरहेको छ। घटना लगत्तै फरार भएका चालकलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको हो।
जथाभावी र तीव्र गतिमा अटो चलाएर पैदल यात्रुलाई जोखिममा पारेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।