२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दिया एसपी मायाको चिनो लिएर पुर्व प्रहरीलाई भेत्दै

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८


(ABC-Sanchar)
बर्दिया । ईलाका प्रहरी कार्यालय, राजापुरमा बिहीबार विहान औपचारिक कार्यक्रम नभए पनि माहोल फरक देखिन्थ्यो। सुसंगठित शरिर सहितका अधबैसै प्रतिक्षालयमा बसिरहेका थिए। सामाजिक दूरी कायम गरेर बसेको दृश्य इलाका प्रहरी कार्यालयमा देखियो।

अनुशासित ढंगले बसेका सायदै पूर्व प्रहरी अनुमान गर्न सकिन्थ्यो। त्यसै बेला बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको गाडी सोही कार्यालयतर्फ मोडियो। गाडीबाट ओर्लिएका एसपी कार्की प्रतिक्षालयतर्फ लम्कँदै थिए। त्यत्तिकैमा इलाकाका प्रमुख डिएसपी मिनबहादुर घलेले पूर्व प्रहरी जम्मा भएको खुलाए। सामाजिक दूरी कायम गरेर उपस्थित प्रहरी भने खुसी मुद्रामा देखिएका थिए। सायदः उच्च सम्मानका साथ इलाका प्रहरी कार्यालयले निम्तो दिएकाले उपस्थित पूर्व प्रहरीको मनोबल उच्च देखिन्थ्यो।

एसपी भेट्ने कार्यक्रममा उपस्थित २० जना पूर्व प्रहरी आफ्नै पुरानो घरमा फर्केको आभास अनुहारमा प्रष्ट पढ्न सकिन्थ्यो।

त्यत्तिकैमा प्रतिक्षालयमा झुल्किएका प्रहरी उपरीक्षक ईश्वर कार्कीले सोधे , ‘तपाईंहरु सन्चै हुनुहन्छ?’ जागिरबाट अवकाश प्राप्त भएपछि पुरानो घरमा फर्किरहेका महशुस गरेका पूर्व प्रहरी मध्यका पूर्व प्रहरी निरीक्षक केशरबहादुर जिसीले उत्साहका साथ चर्को स्वरमा भने, ‘सलाम साब ! सन्चै छौ हजुर, हजुरलाई कस्तो छ?’

प्रहरी उपरीक्षकले भने, ‘मैले हजुरहरुलाई मायाको चिनो बोकेर आएको छु, सहर्ष स्वीकार्नुस् है!’

एसपी कार्कीको मिठो मसिनो स्वर सुनेका उनीहरुको आखाँमा खुसीको आँसु छचल्कियो। मेरा सहकर्मी पूर्व प्रहरी र अमर प्रहरीका लागि मास्क र साबुन मायाको चिनो बोकेर आएको सुनाउँदा त्यहाँ उपस्थित पूर्व प्रहरी र अमर प्रहरी गम्भीर देखिए।

कुनै आन्दोलनमा सहयोग माग्न सहकार्य गर्न सम्झने प्रहरीले कोरोना कहरमा जकडिएर बसिरहेका पूर्व प्रहरीलाई मायाको चिनोस्वरुप मास्क र सावुन दिन बोलाउँदा उनीहरु अचम्मित भए।

पारिवारिक पृष्ठभूमि र अहिलेको भूमिका विषयमा एसपी कार्कीले चासो दखाउँदा लामो समय संगठनको काममा लागेको र संगठन प्रति अटुट छाप मन मस्तिष्कमा बसेको उनीहरुले सुनाए।

‘हामी हुँदा पनि प्रहरी संगठनमा काम गर्न विभिन्न किसिमका बाधा अड्चन आए’ उनले भने ,‘अहिले पनि बिपददेखि न्याय र सुरक्षाको क्षेत्र सम्पूर्ण जिम्मेवारी काँधमा थपिँदै गएको छ।’

संगठनमा एकदुई जनाको सनकले बेलाबेला हुने कमजोरीले संगठनले क्षति व्यहोर्नु परेको उनले अनुभव साटे। जिल्ला प्रहरी कार्यालय,बर्दियाले मायाको चिनो प्रदान गर्ने कार्यक्रममा सहभागीले अधिकांश पूर्व प्रहरी व्यापार र व्यवसायान संलग्न भएको बताएका थिए।

किराना पसल, रेष्टुरेन्ट र सामाजिक सेवामा पूर्व प्रहरी अग्रपंक्तिमा देखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएको र आफ्नै रकम खर्चेर मायाको चिनो प्रदान गरेको एसपी कार्कीले बताए। ‘जीवनको उर्जावान समय प्रहरी संगठनमा खर्चेका पूर्व प्रहरीलाई संगठनप्रति आघात माया हुन्छ’, उनले भने, ‘संक्रामक रोगले देशलाई घरेको अवस्थामा पूर्व प्रहरीसँग माया साटेको मात्र हो।’

समाजमा घटिरहेका अपराध र अन्यायका बारेमा प्रहरीसँग समन्वय र सहकार्यबाट गलत प्रवृत्तिलाई निरुत्साहित गर्न एसपी कार्कीले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]