०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दाङमा लकडाउन २५ गतेसम्म लम्बियो ढुवानी र किनमेलमा केही खुकुलो

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(सागर थापा)
दाङ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गएको बैशाख १७ गते देखी जारी लकडाउन दाङमा जेठ २५ गते सम्म लम्ब्याईएको छ । दोस्रो पटक थप गरिएको लकडाउनको समय भोली सकिदै थियो ।

कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा र लकडाउनेको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले सातामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब देखी दैनिक बिहान ६ देखी ८ बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिनु पर्ने भनिएको छ ।
त्यसैगरी, बैंकहरुलाई यस अघिकै निर्णय र बार अनुसार खोल्ने तर समय भने थप गरि १० देखी २ बजे सम्म खोल्न दिने निर्णय भएको छ ।
निर्माण सामाग्रि बिक्रिका लागि बेलुका ६ बजे देखी राती ९ बजेसम्म, निर्माण सामाग्रि ढुंगा, गिट्टी र बालुवा ढुवानी भने विहान ६ देखी साँझ ६ बजे सम्मको समय निर्धारण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी, सिमेन्ट उद्योगको चुन ढुंगा ढुवानीका लागि घोराही सिमेन्ट उद्योगले बेलुका ५ देखी राती १२ बजे सम्म र सोनापुर सिमेन्ट उद्योगले विहान ९ देखी बेलुका ७ बजे सम्म समय निर्धारण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!