१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

कञ्चनपुरमा हट्यो भारतीय सिमा सुरक्षा बल एसएसबीको अवरोध

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

(सर्मिला बोगटी)
धनगढी । दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दर नगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दर नगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी रहेका थिए । छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पुर्जा भएर खेतीपाती गर्दैै आएको बताएका छन्। गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशगजा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए । यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दर नगरमा दसगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनाव उत्पन्न भएको थियो ।

यसैगरी, भीमदत्त नगरपालिका-९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथ स्थित कल्भर्ट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट […]

पोखरा । १७ ड्याम!साइडस्थित नयाँ पुलमुनि फुस्रे खोलामा फालिएको शंकास्पद सुटकेसभित्र तन्नाले बेरिएको २२–२५ वर्षीया युवतीको शव फेला परेको छ। स्थानीयको सूचनापछि प्रहरीले सुटकेस खोलेर हेर्दा हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु भएको शव भेटिएको हो। साथमा मेडिकल कार्ड पनि फेला परेको छ। प्रहरीका अनुसार ह!त्या गरी सुटकेस!भित्र हालेर फालिएको आशंका गरिएको छ। युवती ड्याम!साइडमै एक […]

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

error: Content is protected !!