०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दाङको लमहीमा पार्किङ गरेर राखेको आधादर्जन गाडीमाथि अज्ञात समुहले तोडफोड

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८


ABC (क्राईमबिट)
दाङ । लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्‍याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा बसका अगाडि पछाडीका र झ्यालका सिसामा क्षति भएको हो । त्यस्तै तोडफोड हुने गाडीमा भे१च २८१२ को खनाल स्टोरको पिकअप, रा१ख १७४९ को हाम्रो राम्रो डेकोरको गाडी, नेपाल भारत मैत्री बस सेवा लेखेको जैसवाल फलफूलको बस र लु१ख ९१४९ को दिलिप जीसीको बसमा क्षति भएको छ ।यसैगरी लमही रातो डाँडाडामा प्रदेश ३-०१ ०२२ च २९७२ नम्बरको मिलन पाण्डेको कार, भे १ च २७२७ नम्बरको आशिष न्यौपानेको पिकअपका पनि अगाडिका सीसा फोडि क्षति पुर्‍याएका छन् । शुक्रबार राती पार्किङ गरेर राखेका गाडीहरुमा तोडफोड गरि पश्चिम तर्फ लागेका र तोडफोड गर्ने ब्यक्ति रातीमा चिन्न नसकेको स्थानीय प्रत्यक्ष दर्सीले जानकारी दिएका छन् ।यस्तै गाडी तोडफोडको घटनामा केहि फुटेजहरु सिसि क्यामरा देखिएका र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

error: Content is protected !!