२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङको लमहीमा पार्किङ गरेर राखेको आधादर्जन गाडीमाथि अज्ञात समुहले तोडफोड

Logo
प्रकाशित शनिबार, जेठ २९, २०७८


ABC (क्राईमबिट)
दाङ । लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्‍याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा बसका अगाडि पछाडीका र झ्यालका सिसामा क्षति भएको हो । त्यस्तै तोडफोड हुने गाडीमा भे१च २८१२ को खनाल स्टोरको पिकअप, रा१ख १७४९ को हाम्रो राम्रो डेकोरको गाडी, नेपाल भारत मैत्री बस सेवा लेखेको जैसवाल फलफूलको बस र लु१ख ९१४९ को दिलिप जीसीको बसमा क्षति भएको छ ।यसैगरी लमही रातो डाँडाडामा प्रदेश ३-०१ ०२२ च २९७२ नम्बरको मिलन पाण्डेको कार, भे १ च २७२७ नम्बरको आशिष न्यौपानेको पिकअपका पनि अगाडिका सीसा फोडि क्षति पुर्‍याएका छन् । शुक्रबार राती पार्किङ गरेर राखेका गाडीहरुमा तोडफोड गरि पश्चिम तर्फ लागेका र तोडफोड गर्ने ब्यक्ति रातीमा चिन्न नसकेको स्थानीय प्रत्यक्ष दर्सीले जानकारी दिएका छन् ।यस्तै गाडी तोडफोडको घटनामा केहि फुटेजहरु सिसि क्यामरा देखिएका र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]