२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पाकिस्तानमा भारी वर्षासँगै हावाहुरीले १० जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ।

खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण पीडीएमएका अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन्।

मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ।

बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ। हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेका छन।

उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पिडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत् राहत दिइने खानले बताएक। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]