१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

एविसी संवाददाता
१० असार, बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।

उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म सेनाको मेजर हुँ भने पनि उहाँले परिचय खुल्ने कागज भने देखाउनु भएको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो ।

पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ । उनीहरु दुवै जना बाँके प्रहरीको हिरासतमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम […]

कैलाली । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए । विभागबाट प्राप्त विवरणअनुसार […]

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

error: Content is protected !!