०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

तोरीको तेल ३२० रुपियाँ लिटर पुगियो जनता मारमा

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

(ABC-Sanchar)
काठमाडौँ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लो तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ ।
घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् । वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताउनुभयो । उहाँले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताउनुभयो ।
सङ्घका अनुसार सङ्घमा हाल २० वटा तेल उत्पादक उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चा पदार्थ ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको सङ्घको दाबी छ ।
सङ्घका अनुसार एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६१६ डलरमा खरिद गरिएको कच्चा भटमास बढेर एक हजार २७९ डलर र युक्रेनमा ६५६ डलरमा खरिद गरिएको कच्चा भटमासको तेल बढेर एक हजार ५८० डलर पुगेको छ ।
सङ्घले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार ८ अप्रिल २०२१ मा कच्चा भटमासको तेल प्रतिटन एक हजार १९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा एक हजार २७९ डलर पुगेको छ । हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित एक हजार ३५० डलर पुगेको छ । कच्चा सूर्यमुखी तेलको मूल्य पनि अप्रिल ८ मा एक हजार ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा एक हजार ५८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा एक हजार ६६० डलर पुगेको सङ्घले जनाएको छ ।

उपभोग बढेसँगै माग पनि बढ्यो
पछिल्लो समयमा तेलको उपभोग र माग पनि बढेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार वनस्पति तेलको माग सन् २०१५/१६ मा दुई करोड ३४ लाख ८० हजार टन थियो भने सन् २०१९/२० मा आइपुग्दा दुई करोड ५९ लाख २० हजार टन पुगेको छ तर स्वदेशी उत्पादन जम्मा एक करोड छ लाख ५० टन मात्रै छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ग्रेन आयल, कटन सिड गरेर एक करोड छ लाख ५० हजार मात्रै हो ।
यसका आधारमा भारतमा खपत हुनेमध्ये एक करोड ३३ लाख ५० हजार टन कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्छ । भारतमा ७० लाख टन पाम तेल, ३५ लाख टन सोयाबिन, २५ लाख टन तेल विदेशबाट आयात हुन्छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार वनस्पति तेलको माग सन् २०१५/१६ मा दुई करोड ३४ लाख ८० हजार टन थियो भने सन् २०१९/२० मा दुई करोड ५९ लाख २० हजार टन पुगेको छ । मागअनुसार उत्पादन नहुँदा तेलको कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्छ । स्वदेशी उत्पादन जम्मा एक करोड छ लाख ५० टन मात्रै छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर एक करोड छ लाख ५० हजार मात्रै रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिनामा ३८ अर्ब रुपियाँको भटमासको कच्चा पदार्थ आयात भएको छ ।
पछिल्लो एक वर्षको बीचमा खानेतेलको भाउ उच्च बढेपछि सरकारको नियमन गर्ने जिम्मेवार निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक उद्योगीलाई तीन/चार पत्र काटेर खानेतेल बढ्नुको कारण पेस गर्न निर्देशन दिँदै आएको छ तर पनि खाने तेलको मूल्य झनै बढेको छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले भाउ बढ्नुमा उद्योगीले भनेजस्तो कच्चा पदार्थ मात्र नभई अन्य कारण पनि भएको बताउनुभयो । उहाँका अनुसार खानेतेल उत्पादन भएर उपभोक्तासम्म आइपुग्ने बजारका तह चारदेखि छवटा छन् । यसमा प्रत्येकले २० प्रतिशत नाफा वैधानिक रूपमा खान पाउने व्यवस्था छ । विभागमा उद्योगीले पेस गरेका कागजात हेर्दा सबै कानुनसम्मत नै देखिन्छ तर उपभोक्ता मारमा परेकाले उद्योगी र व्यवसायीसँग हाम्रो आग्रह नाफा प्रतिशत केही घटाइदिनुहोस् भन्ने हो, उहाँले थप्नुभयो ।
“तेलको मूल्य जति बढ्यो उहाँहरूलाई त्यति नै फाइदा भएको छ किनभने उहाँहरूले प्रतिलिटरमा पाउने नाफा रुपियाँ होइन, प्रतिशतमा आउँछ । प्रतिलिटर तेल तीन सय रुपियाँ पुग्यो भने नाफा ६० रुपियाँ आउँछ, कसरी नोक्सान हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।
के एल दुगडका डीजीएम विनोद न्यौपानेले तेल उत्पादक उद्योगले अहिले मुनाफा नै कम राखेर तेल बिक्री गरिरहेको दाबी गर्दै सरकारले कर घटाइदिए उपभोक्ताले सस्तोमा तेल पाउने सम्भावना हुने दाबी गर्नुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!