०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८


(ABC-Sanchar)
बर्दिया । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ । उहाँले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताउनुभयो ।

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिनुभयो । पुल निर्माण भएसँगै राजापुर क्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भए पनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!