
(ABC-Sanchar)
दाङ । सोमवार तुलसीपुर उद्योग वाणिज्य सघंले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले जनताको सामु प्रशासक शासक नभई जनताको सेवक भएर काम गर्ने बताउनुभयो
। प्युठान,बर्दिया बाँके,अछाम,रुपन्देही,कपिलवस्तु हुँदै दाङमा सरुवा भएर आएका कुरुङवाङले जिल्लाको शान्ति,सुरक्षा, विकास र सुशासनको लागि प्रतिबद्ध भएर काम गर्ने विस्वास व्यक्त गरे । उनले अन्य जिल्लाहरुको तुलनामा दाङमा विकास निमार्णका आयोजना बढी हुने गरेको भएपनि काम भने कम मात्रमा हुने गरेको भन्दै स्थानीय सरकार यसतर्फ गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले कुनै पनि काम एक संस्था,एक व्यक्तीले गरेर मात्र सम्भब नहुने भन्दै सबैको साथ सहयोगले मात्र सोचेअनुरुप काम गर्न सकिने समेत बताउनुभयो । 
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले आफु सरुवा भएर आए लगत्तै कार्यालयमा आउने नागरिकका लागि निशुल्क रुपमा प्रहरी सेवा सुचारु गरेको बताउनुभयो ।
उहाले जिल्लामा हुने अपराधिक गतिविधिका सूचना थाहा पाए लगत्तै त्यसको निगरानी गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रष्ट पार्नुभयो । साथै उनले दाङ बासीले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरद रेग्मीबाट