१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कोरोना संक्रमण घटेसंगै दाङमा लकडाउन असार ३१ गते सम्म

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


(ABC-Sanchar)
दाङ । जारी लकडाउन असार ३१ गते सम्मलाई लम्बाईको छ । कोरोना संक्रमण कायमै भएकोले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्बाईएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

असार मसान्त चलिरहेको हुनाले स्थानिय तहका प्रमुखहरुको व्यस्थताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्न नसकेपनि सबैसँग टेलिफोन मार्फत् अनुमती लिई लकडाउन थपिएको उनको भनाइ छ । यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निणर्यमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । सार्वजनिक र निजी सवारीका साधनलाई सिट क्षमता अनुसार मात्रै यात्रु राखेर जिल्ला भित्र सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।

त्यस्तै, बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निणर्यलाई यथावत राखिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!