२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

महादेव गुरुङ काङ्ग्रेस पार्टीका एक असल कर्मठ र ईमान्दार नेता हुन :- युवा नेता धिरज गुप्ता

Logo
प्रकाशित बिहिबार, आषाढ २४, २०७८

 

(ABC-Sanchar)
बिरगंज । आजकल माओवादीसंग घाँटी नै जोड्छन्। तर त्यतिबेला माओवादीको बिगबिगी, एमालेको आक्रमण। काग्रेंस भेट्नै नहुने, माओवादीले भेटे रेटीहाल्ने, एमालेले भेटे पिटिहाल्ने।

त्यस्तो बेला महादेव ज्यूको आशिर्वाद बिना काठमाडौंका कुनै कलेजमा विद्यार्थी राजनिति असम्भव थियो। गुरुङ ज्यूले नजोगाएको भए काठमाडौंका अधिकांश ठूला कलेजमा नेविसंघको संगठन हुँदैनथ्यो।

किन काठमाडौं मात्रै भन्ने? देशव्यापी काग्रेंसका चिचिला जोगाउने गुरुङ ज्यू नै हो।

अहिले मै हुँ भन्ने, चर्का गफ हाँक्ने केही युवा नेतालाई एमाले र माओवादीका प्रहारबाट नजोगाइदिएको भए तिनिहरुको राजनिति त्यतै सेलाउथ्यो होला।

गुरुङ ज्यूको युवा सञ्जाल देशव्यापी थियो। महादेव भनेपछि मुटु काप्थ्यो अरु पार्टीको। गुरुङ ज्यूको जिविस सभापति हुँदाका,मन्त्री हुँदाका किस्सा देशभरका कार्यकर्ताले गाउँथे उबेला।

तर पछि देशीविदेशी, दृश्य-अदृश्य शक्तिकेन्द्रको षड्यन्त्रको शिकार गुरुङ ज्यू हुनुभयो। केन्द्रीय तहमा पुगिसकेको नेता केन्द्रीय सदस्यको टिममा पर्न बाट रोकियो।

नेविसंघको पोखरा महाधिवेशन भर्खरै सकिएको थियो। त्यतिबेला एकजनाले भनेका थिए,महादेवलाई अब नियोजित रुपमा शक्तिहिन बनाइदैँ छ भन्ने। त्यतिबेला पत्यार लागेन्। आज त्यही रहेछ कि झैं लाग्छ।

विद्रोह नगरोस् भनेर ६३को परिवर्तन पछि चुनावमा टिकटसम्म दिए जस्तो गरे।

पार्टीभित्र पूर्वराज्य मन्त्री,नेविसंघको पूर्व महामन्त्री भइसकेको तरुण दलको अध्यक्ष महादेव ज्यले कुनै टिममा पर्नु भएन।

नेविसंघ र तरुण दलको पदाधिकारी भइसकेको नेता सबै अहिले केन्द्रमा सेट हुने महादेव ज्यू कतै नपर्ने स्थिति किन आइलाग्यो त?

किनकी महादेव ज्यूले गलतलाई सही भन्नुभएन। वीपीको सिद्दान्तलाई ६३ सालमा माओवादीको करकमलमा चढाउन मान्नु भएन। मौन बस्नु भयो। चुप लाग्नु भयो। तर अह! सहमति दिनु भएन। जातियता र क्षेत्रियतालाई गुरुङ ज्यूले प्रश्रय दिनु भएन। यो राष्ट्र प्रति, यो राष्ट्रको धर्म प्रति महादेव ज्यूको विश्वास कसैले डगाउन खोजेर डगेन।

त्यसैले, यति सम्भावना बोकेका नेताहरु माथि भएको अपमानको लेखाजोखा इतिहासमा राख्नैपर्छ। यिनको नैतिकता र अडानमा सबै नेता-कार्यकर्ताहरु पछि उभिनै पर्छ।

हाम्रा नेताहरुले लडिरहेका जंगमा हाम्रो समर्थन छ। अब मौनता टोडेर काग्रेंस भित्र हाबी माओवादी प्रवृत्तिलाई हमला गर्ने बेला भयो महादेव ज्यू। अहिलेसम्म मौन बसेर हामी कार्यकर्ता भित्रको पवित्र बीपी आवाजलाई जोगाउनु भयो। अब हुँकार गरेर बिग्रेको ‘कोर्ष’ सपार्ने बेला भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!