
(ABC-Sanchar)
दाङ । प्रहरीले मंगलबार दाङ जिल्लाको विभिन्न ठाँउहरुबाट नदिजन्य पदार्थ मापदण्ड भन्दा बढी लोड गरेको ११७ वटा टिप्परलाई नियन्त्रणमा लिएको थियो । सबै टिप्परलाई जनही एक हजार पाँचसय रुपैँयाका दरले जरिवाना गरि छोडेको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुनबाङ्गका अनुसार दाङका विभिन्न सडकमा क्षमता भन्दा बढी भार बोक्ने टिप्परलाई नियन्त्रणमा लिएको हो । 
साथै बुधबारदेखि पुनः ओभर लोड गरेर गाडी चलाएको पाईए तत्काल पक्राउ गरि सवारी धनी र चालकलाई मुद्दा चलाईने सिडियो कुरुङ्बाङ्गले बताए । प्रहरीले मंगलबार रोल्पादेखि लमही तर्फ जादैं गरेका ओभर लोड टिपरलाई नियन्त्रण लिएको थियो । ति टिप्परले रोल्पाको बुढागाउँबाट चुनढुङगा लिएर सम्राट सिमेन्ट र रोल्पा सिमेन्टको अमिलिया डिपोमा जाँदै गरेका थिए ।
क्षमता भन्दा बढि बोक्दा सडक पनि विग्रिने र दुर्घटनाको जोखिम रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । साथै टिप्परको नम्बर प्लेट पनि नबुझिने भन्दै नियन्त्रणमा लिएको थियो ।