१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

दाङको राजपुरमा बाढीले कुखुरा र माछाको फम बगाउँदा १० लाख बराबरको क्षति

Logo
प्रकाशित बिहिबार, आषाढ ३१, २०७८


(मेगमन बुढा)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करवलामा आज आएको भीषण बाढीले कुखुराको फम र माछा तलाउ बगाउँदा १० लाख बराबरको क्षति भएको छ ।

फम र तलाउको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फममा रहेको ४ सय ५० वटा कुखुरा र तलाउमा रहेको (१०००) एक हजार पिस आधा केजी पुगेका माछा बगाउँदा १० लाख बराबरको क्षति भएको सो फमका संचालक भुपाल ओलीले जानकारी दिनु भयो ।

बिहीबार बिहान अन्दाजी ४ बजेदेखि लगातार परेको पानीले ६ बजे उक्त फममा बाढी पसि हेर्दाहेर्दै पुरै कुखुरा र माछालाई बगाउनुका साथै फमको मुनिबाट लगाइएको वाल,तार जाली समेत भत्काएर पुरै क्षति पुराएको सो फमका संचालक ओलीले जानकारी दिनु भएको हो ।

त्यस्तै यता चंगवा प्रहरी चौकीका प्रहरी इन्चार्ज आर्के सिंहसंग बुझ्दाँ ओलीले भने बमोजिमको क्षति भएको र अहिले सम्म उक्त क्षेत्रमा बग्ने खहरे खोलाहरुलाई समयमा सम्बन्धित सरोकारवाला निकायले नियन्त्रणको लागि तटबन्ध नलगाएकोले सो घटना घटेको र सयौं बिघा जग्गामा उत्पादन भएका अन्नबाली पुरै नस्ट भएर खेतबारी बगरमा परिणत भएको जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!